मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि आस्था र क्रिसलाई - Pahilo Online

मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि आस्था र क्रिसलाई

writer

सुनसरी । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा सम्पन्न मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि धनकुटाका १४ वर्षीय क्रिस चेम्जुङ र इनरुवाकी १२ वर्षीया आस्था राजभण्डारीले जितेका छन् । इटहरीमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगितामा आस्थाले मिस र क्रिसले मिस्टरतर्फको विजेता घोषित भएका हुन् ।

मिसतर्फको फर्स्ट रनरअप विराटनगरकी ७ वर्षीया अग्रिम खतिवडा हुँदा सेकेण्ड रनरअप इनरुवाकी १३ वर्षीया सृष्टि श्रेष्ठ घोषित भइन् । इनरुवाकी १५ वर्षीय एलिना गुरुङ प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ बनिन् भने सर्वोत्कृष्ट पनि इनरुवाकै स्मृति विश्वकर्मा घोषित भइन् । विजेताले जनही नगद ३० हजार रुपैयाँ साथै आकर्षक ट्रफी प्राप्त गरेका थिए ।

यता, मिस्टरतर्फ भने इनरुवाका १३ वर्षीय आर्यन कर्ण फर्स्ट रनरअपर हुँदा सेकेण्ड रनरअप इनरुवाकै १४ वर्षीय समय सुब्बा घोषित् भए । प्रतियोगिताको निर्णायकहरूमा अभिनेता सलोन बस्नेत, मिस कोशीकी विजेता रेखा कार्की, मिसेस कोशीकी विजेता रेनुका लिम्बू र व्यवसायी रोशन घिमिरे रहेका थिए ।

नेपाली कांग्रेसका सचेतक केदार कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । प्रतियोगिताको फाइनलमा २९ जना प्रतियोगिहरूले प्रतिस्पर्धा गरेको जय मिडिया म्यानिजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes