धरान उपमहानगर पालिकामा हुने उप–निर्वाचनमा हर्क साम्पाङको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा - Pahilo Online

धरान उपमहानगर पालिकामा हुने उप–निर्वाचनमा हर्क साम्पाङको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा

writer

धरान । धरान उपमहानगरपालिकामा आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका गतिविधि बढ्न थालेका छन्। विभिन्न दलले चुनाव जित्ने चर्चा भइरहँदा मेयर पदका लागि हर्क साम्पाङ राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि रिक्त मेयर पदका लागि राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। धरान–१८ का राईले पत्रकार सम्मेलनमा आफ्नो घोषणापत्रसमेत सार्वजनिक गरेका थिए। ‘धरानमा रहेका आम मानिसका लागि मेरो उम्मेदवारी हो,’ राईले भने ‘संविधानको मर्म र भावनाअनुसार धराने जनताको सेवक भएर इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता जनाउँछु।’

अहिलेको नेतृत्वले नगरवासीको हितमा काम गर्न नसकेको आरोप लगाउँदै उनले आफू धरानेको विकासका लागि चुनावमा होमिएको बताए। ‘ जनताले तिरेको करबाट सुविधा लिनु शोभनीय होईन, मैले चुनाव जितेँ भने सेवा सुविधा नलिनेसमेत घोषणा गर्दछु,’ उनले भने ‘यदि सुविधा लिएँ भने धराने जनताले मेरो खुटा भाँचिदिए हुन्छ,’ उनले भने

राईले सुशासनको प्रत्याभूति, चुस्तदुरुस्त प्रशासन, जनमुखी तथा जवाफदेही उपमहानगर, वैज्ञानिक कर प्रणाली लागू गर्ने चुनावी एजेण्डा अघि सारेको जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes