‘हिजोका कमी–कमजोरीलाई शिक्षाका रुपमा लिएर वनलाई समृद्ध बनाउन अगाडि बढ्ने छौंः नविन राई - Pahilo Online

‘हिजोका कमी–कमजोरीलाई शिक्षाका रुपमा लिएर वनलाई समृद्ध बनाउन अगाडि बढ्ने छौंः नविन राई

writer

पहिलो अनलाइन

नविन राई (नि. वर्तमान अध्यक्ष) ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूह, कानेपोखरी, मोरङ

नवीन राईको परिचय त्यति नौलो होइन । कानेपोखरी गाउँपालिका वडा नं–७ चण्डीटोलका स्थायी बासिन्दा हुन् उनी । किरात राई यायोख्खाका केन्द्रिय पदमा बसेर कार्य सम्पादन गरिरहेका छन् । हाल किराया मोरङको सल्लाहकारका रुपमा कार्यरत छन् । राई ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह कानेपोखरीको अध्यक्ष पदमा रहेर दुई कार्यकाल (२०६५–२०६८) र (२०७३–२०७६) बिताइसकेका छन् । त्यसैगरी, उनले आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको २ कार्यकाल सचिवको जिम्मेवारी पूरा गरीसकेका छन् । प्रस्तुत छ, उनीसंग गरिएका कुराकानीका मुख्य अंशहरु ः

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह कानेपोखरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ, अहिलेसम्म के के गर्नुभयो ?

बिशेषगरी म १५ औ वार्षिक साधारणसभाको चुनावी प्रक्रियाबाट अध्यक्ष पदमा नै आए । हामी आउनेविक्तिकै यस वन समूहमा विषम परिस्थिति कारण आयौँ । यस वन समूहमा मुद्धा–मामिला भइसकेपछि पनि हाम्रो कार्यको निरन्तरता अगाडि वढिरह्यो । हामी यस वन समूहमा बसेर राम्रो काम गर्ने सोच बनाएर आयौँ । हामीले सामूदायिक वनलाई संरक्षण र सम्वद्र्धन गर्दै विकास गर्नुपर्छ भन्ने सोच वोकेर आयौँ । तर हाम्रो ध्यान अन्तैतिर गयो । हामीले भने जस्तो काम गर्न सकेनौं । वनका कार्ययोजना अनुरुप कामहरु गर्न सकिएन । ती कामहरु पूरा गर्नका निम्ति उपभोक्ताहरुको चाहनालाई पूरा गर्न, फेरि नयाँ सोचका साथ सामुदायिक वनलाई अगाडि बढाउनका लागि १९ औ वार्षिक साधारणसभामा मेरो उम्मेद्वारी अध्यक्ष पदमा दावेदारी उपभोक्ता मार्फत फेरि आफूलाई उभ्याएको छु ।

समूहका भावी योजनाहरु केके छन् त ?
अब वनमा के–के गर्ने भन्ने कुरा १९ औ वार्षिक साधारणसभाले प्रस्तुत गरिसकेको छ । अब वनमा खाली खाल्सा जग्गाहरु अझै छन् । त्यसमा वृक्षारोपण गरेर हराभरा बनाउने योजना छ । हिजोका कमी–कमजोरीलाई शिक्षाका रुपमा लिएर वनलाई समृद्ध बनाउन अगाडि बढ्ने नै छौं । वनबाट प्राप्त वन पैदावर उपभोक्ताहरुलाई आवश्यकताको आधारमा वितरण गर्नेछौं । वैज्ञानिक वन व्यवस्थापनको प्रक्रियाबाट सञ्चालन भइरहेको त्यसलाई निरन्तरता दिइरहेका हुनेछौँ । सरपट कटानको जुन आरोप छ, त्यसलाई चिर्नका लागि कटान प्रक्रियामा छनौट गरेर जानुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।

अब के–के गर्नुहुन्छ त ?
वन संरक्षण र सम्वद्र्धन विकासकै पक्षमा रहने छु । सँगसँगै प्राप्त विकासको पक्षमा नै रहेको छु । वनबाट प्राप्त आम्दानीहरुलाई सही ठाउँमा सदुपयोग गर्ने छु । हाम्रो वनमा भएका सम्भावनाहरुको खोजी गरेर अगाडि बढाउने छु । जस्तै ः– सिमसार भलुवा भुल्के, सुकुना जाने पोखरीहरुलाई विस्तृत कर्मयोजना बनाई पर्यटकीय स्थल बनाइने छ । पर्यटनको विस्तृत कार्ययोजना बनाई पर्यटकीय स्थल बनाइनेछ । पर्यटनको विकास गर्न हाम्रो जङ्गलमा ‘जङ्गल सफारी’ को व्यवस्था गर्ने सोच बनाएका छौ । हामीसँग सिमसार, प्राकृतिक वनको क्षेत्र प्रशस्त भएकाले वन विज्ञानका विद्यार्थीलाई ‘बोटानिकल गार्डन’ को विकास गरिने छ । सिमसार क्षेत्रमा आकर्षक वनभोज स्थल, बाल उद्यान लगायत वन्यजन्तुहरुको संरक्षण गरी प्राकृतिक चिडियाखानाका रुपमा विकास गर्ने छौं । त्यसैगरी, धरै–धेरै आन्तरिक तथा वाह्य पर्यटक भित्राई आर्थिक आम्दानी बढाउने योजनाहरु छन् । त्यससँग गाँसिएका बहुसङ्ख्यक उपभोक्ताहलाई रोजगारीको सुअवसर पाउने छन् । आसपासमा व्यवसाय वृद्धि गरी आर्थिक स्तरमा समुन्नत हुने छ ।

तपाइले यो दुई कार्यकालमा उपभोक्ता सामू कस्ता कार्यहरु गर्नुभएको छ त ?
पहिलो मेरो कार्यकाल (२०६५–२०६८) पहिलो पटक अध्यक्ष हुने मौका पाएँ । जतिबेला राष्ट्र विद्रोहबाट शान्तिपूर्ण ढंगबाट अवतरण खोजिरहेको थियो । त्यस्तो विषम परिस्थितिजन्य समय भए पनि वनलाई संरक्षण गर्ने कुरामा हामी सफल भयौँ । वनमा चोरी–तस्करी हुने गरेको थियो । त्यसलाई रोक्न हामी सफल भयौँ । हामीसँग कार्ययोजना अनुसार संकलन गरिएका वन पैदावर उपभोक्ताहरुलाई वितरण गरियो । जसबाट प्राप्त रकमहरु कार्ययोजनामा उल्लेखित शीर्षकमा वन विकासमा न्यूनतम २५ प्रतिशत, विपन्नमा ३५ प्रतिशत अनि सामाजिक विकास र कार्यालय सञ्चालनमा ४० प्रतिशतको मान्यता भित्र रहेर कार्य गरियो । त्यसपश्चात २०७३ बैशाखबाट २०७६ बैशाखसम्म वैज्ञानिक वन ब्यवस्थापनको सुरुवात गरियो । १८ हेक्टर खाली जग्गामा वृक्षारोपण गरियो । यसै वन समूहबाट कार्यालयलाई आवश्यक सामग्रीहरु वन प्राविधिकलाई जीपीएस, कम्पास, पावर चेन स यी सामग्रीहरु खरिद गरियो । हामीले कार्ययोजना र विधानअनुरुप काम गर्दै आयौ । उल्लेखित वार्षिक कार्ययोजनामा लेखिएका कामहरु पूर्ण रुपमा गर्न त सकिएला तर पनि संरक्षण र सम्वद्र्धन विकासको कार्य १ नम्वरमा नै रहेको छ ।

अहिले वन उपभोक्ता समूहमा आर्थिक पारदर्शीताको प्रश्न उठिरहन्छ, यसमा तपाईको धारणा के छ ?
हिजो वन २०५६ सालमा स्थापना भएकोले पनि अनुभवका आधारले काम गर्ने कर्मचारीहरु मात्र भएकाले ती लेखाका बिषयहरुमा अपुग हुन सक्दछन् । सामाजिक काम गर्ने अभियन्तालाई आरोप–प्रत्यारोप लगाउने नै गर्दछन् । त्यसमा हाम्रो समूहका साथीहरु लगायत आफूले अपारदर्शी काम गरेका छैनौं । समूह ठूलो र समितिहरुको सङ्ख्या वृहत् भएकाले विविध खर्च ठूलो देखिएको छ ।
हाम्रो वन उपभोक्ता समूहको केही बर्षदेखि यता करोड बराबरको आम्दानी हुन थालेको छ । हिजोको वन संरक्षण प्रक्रियाबाट केही कम हुन्थ्यो । वनको यति आम्दानी देखिरहँदा सबैको ध्यान दृष्टि त्यही केन्द्रित हुँदोरहेछ । तर नियत खराब बनाएर काम गरेका छैनौ । प्रक्रियामा त्रुटि भए होलान् मानिस आफैंमा पूर्णता हुदैन, सिक्ने प्रक्रियामा हामी छौं । अनि हाम्रा वनका लेखा कर्मचारीहरु लेखासम्बन्धी बिषयमा ज्ञान छैन ।

अन्त्यमा केही भन्नु छ ?
सम्पूर्ण उपभोक्ताहरु ‘नवीन राई’ त्यति खराब छैन भन्ने महशुस गर्नुभएको होला । विगतका क्रियाकलापहरुमा जे–जति सकारात्मक कामहरु गर्न सकियो, अब फेरि हिजोका कमी– कमजोरीहरु सुधारेर माथि उल्लेखित क्रियाकलापहरु कार्यान्वयन गर्ने कुरामा लागिरहने छौं । सम्पूर्ण उपभोक्ताहरुलाई र सरोकारवालाहरुबाट यस वन समुहका सबै मित्रहरुलाई आगामी कार्यकालमा सहयोगको अपेक्षा गर्दछु । हालसम्म सहयोग गर्नुहुने समितिका साथीहरु सवैलाई धन्यवाद दिन चाहन्छु । यस अनलाईन मार्फत् मेरो विचार राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद र सकिंदै गरेको दशैं र आउँदै गरेको तिहार तथा छठ पर्वको सबैमा शुभकामना व्यक्त गर्दछु ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes