प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो - Pahilo Online

प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो

writer

चार दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आन्दोलनकारीले सुरक्षाकर्मीमाथि जथाभावी आक्रमण बढेको अधिकारीहरुले दावी गरेका छन् । प्रधानमन्त्री आदेल अब्देल महदीले वार्ताबाटै समस्याको समाधान गर्न चाहेको बताएपनि आन्दोलन जारी छ । सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दम गरिबी बढेको भन्दै केही दिनदेखि सरकार बिरोधी प्रदर्शनहरु बढ्न थालेका हुन् । आन्दोलनकारीले सार्वजनिक सेवाको विरोधसमेत गरेका छन् ।

आन्दोलनका सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर मानवअधिकार हनन गरेको अन्तर्रा्ष्ट्रिय मानवअधिकारवादी संघ संस्थाहरुले आरोप लगाएका छन् । प्रहरीले रबरका गोली प्रहार गर्दा कयौं आन्दोलनकारी घाइते भएको बताइएको छ । उनीहरुले शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रसमेत गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes