पथरीमा एकै पटकमा तीन सन्तान जन्मिए - Pahilo Online

पथरीमा एकै पटकमा तीन सन्तान जन्मिए

writer

पथरी–एकैपटकमा ३ सन्तानको जन्म बिरलै हुने गरेको छ । तर मोरङको पथरीमा एक महिलाले पहिलो पटकमै ३ सन्तानलाई जन्म दिएकी छिन । मोरङको पथरीशनिश्चरे १ मा भगवती खडकाले ४ दिनअघि बिराटनगरस्थित नोबेल अस्पतालमा २ छोरी र एक छोरा गरी ३ सन्तानलाई जन्म दिएकी हुन । उनका ३ जना सन्तान र आमाको अबस्था समेत सकुशल रहेको छ । भगवतीका श्रीमान मनोज बैदेशिक रोजगारीका क्रममा रहेका छन ।

भगवतीका काका सञ्चारकर्मी समेत रहेका कुमार खडकाले परिवारमा पहिलोपटक ३ जना सन्तान जन्मिएकोमा खुसी सँगै आफुलाई समेत आश्चर्य लागेको बताएका छन । उनका अनुसार आमा र बच्चा दुबैको सवास्थ्य समेत सकुशल रहेको छ । अस्पतालले समेत राम्रो हेरचाह गरेका कारण हाल कुने समस्या नरहेको र केही दिनमै उनीहरुलाई घर ल्याउने तयारी रहेको खडकाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes