प्रदेश नम्बर ५ मुख्यमन्त्री कपमा नवलपरासीमाथि बाँकेको सहज जित - Pahilo Online

प्रदेश नम्बर ५ मुख्यमन्त्री कपमा नवलपरासीमाथि बाँकेको सहज जित

writer

 

दाङ – बाँकेले प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाको बेलझुण्डी रंगशालामा बुधबार भएको खेलमा नवलपरासीलाई ३–१ गोल अन्तरले पराजित गर्दै बाँकेले अपराजित यात्रा कायम राखेको हो ।

बाँकेलाई जित दिलाउन संजीव थापा, विक्रम सिंह ठकुरी र रवि जिएमले एक एक गोल गरे । नवलपरासीका सनम सारु मगरले एक गोल फर्काए । जितसँगै अपराजित रहेको बाँके लिगको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ ।

नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा जारी मुख्यमन्त्री फुटबल प्रतियोगिता लिगमा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि ६ जिल्लाको सहभागिता रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes