काठमाडौं–सिलगुडी सीधा बस सेवा ११ औँ रुटको शुरु - Pahilo Online

काठमाडौं–सिलगुडी सीधा बस सेवा ११ औँ रुटको शुरु

writer

नेपालको राजधानी काठमाडौंबाट भारतको पश्चिम बंगालको सिलगुडीसम्मको सीधा बस सेवा एघारौं रुट सोमबारदेखि शुरु भएको छ । सो बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले सोमबार साँझ संयुक्त रुपमा उद्घाटन गरेका थिए । एयरकण्डिसन भएको ४४ सिटको डिलक्स बसले १८ घण्टामा काठमाडौं—सिलगुडी ६५० किमी लामो यात्रा गर्ने जनाइएको छ । हरेक दिन बसले ३ बजे काठमाडौं छोड्ने र काकरभिट्टा—पानीट्यांकी हुँदै भोलिपल्ट बिहान ९ बजे सिलगुडी पुग्ने जनाइएको छ । बस भाडा २ हजार नेपाली रुपैयाँ तोकिएको छ ।

त्यसमा निःशुल्क वाइफाइ सुविधासमेत भएको र टिकट अनलाइनबाट काट्न सकिने जनाइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१४ को नेपाल भ्रमणका क्रममा मोटर भेइकल सहमतिमा हस्ताक्षर भएको थियो । जसमा जनस्तरको स्वतन्त्र आवतजावतलाई प्रवद्र्धन गर्ने भनिएको भारतको सरकारी सञ्चार माध्यम दूरदर्शनले दिएको समाचारमा जनाइएको छ । नेपाल र भारतबीच बससेवाका लागि विभिन्न १३ रुटहरु स्वीकृत गरिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes