शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न माग - Pahilo Online

शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न माग

writer

पहिलो अनलाइन

काठमाडौं । शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न शिक्षाक्षेत्रसँग सम्बन्धित विज्ञले माग गरेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले बुधवार आयोजना गरेको कार्यक्रममा विज्ञले विज्ञान र प्रविधिको अध्ययन एवं अनुसन्धानमा राज्यको कम लगानी भएको गुनासो गरे ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई गहिरोसँग नपक्डी सन् २०२२ सम्म नेपाल विकासशील देशको सूचीमा उक्लन नसक्ने बताए ।

‘खोज अनुसन्धानलाई विकाससँग जोड्नुपर्छ, मन्त्रालयले अनुसन्धानका लागि छुट्याएको बजेट कार्य्विधिका कारण खर्च हुन सकेको छैन, त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ,’ उनले भने ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले स्रोतको अभावमा अनुसन्धान गर्न नसक्ने वैज्ञानिकलाई सहयोग पुर्‍याउन नगरभित्रका ७१ विद्यालयका विद्यार्थीबाट रु दुईरदुईका दरले जम्मा गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षाविद् विद्यानाथ कोइराला, डा। दीनेश भुजु, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सल्लाहकार दक्षिण कोरियाका वैज्ञानिक डेज लि, केन्द्रका अध्यक्ष रमेश दाहाल, कोषाध्यक्ष गणेशबहादुर राउत, सचिव विराज ढुङ्गानालगायतले आगामी बजेटमा विज्ञान र प्रविधि क्षेत्रको अनुसन्धानलाई प्राथमिकता दिन माग गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes