अतिवादलाई ठाउँ छैन : प्रचण्ड - Pahilo Online

अतिवादलाई ठाउँ छैन : प्रचण्ड

writer

पहिलो अनलाइन

चितवन । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालमा अतिवादलाई कुनै ठाउँ नभएको बताउनु भएको छ ।

नेपाल नेत्र ज्योति संघको २५ औं केन्द्रीयसभाको बुधबार भरतपुरमा उद्घाटन गर्दै नेता दाहालले उक्त कुरा बताउनु भएको हो । देशै रहने वा नरहने भन्नेसम्मको अवस्था आएका बेलामा संविधान जारी भएका कारण अब मुख्य समस्या पार भएको उहाँले बताउनु भयो ।

‘हिजोको अवस्था अलि अर्कै–अर्कै थियो । संविधान आउला–नआउला भन्ने मात्रै होइन, देशै के होला, कसो होला भन्ने अवस्था थियो । यस्तो बेलामा पनि हामीले संविधान ल्याएका थियौं,’ प्रचण्डले भन्नुभयो, ‘देशले एउटा बाटो समातेको छ । केही असन्तुष्टि नभएका होइनन् तर अब कुनै असन्तुष्टिले नेपालीलाई छुँदैन ।’

उहाँले असन्तुष्टि मात्रै नभएर नेपालमा अतिवादलाई पनि कुनै ‘ग्राउण्ड’ नभएको बताउनु भयो । अघिल्लो वर्ष निर्वाचनमा बितेका कारण यो वर्ष विकासमा केन्द्रित हुने उहाँले बताउनु भयो । ‘देशमा चुनाव भयो । तीनवटै तहमा सरकार बने र काम सुरु भएको छ ।

अब यो नयाँ वर्षदेखि विकासको एक्सिलेरेटर दबाउने हो,’ दाहालले भताउनु भयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपालमा थप माहोल बनाउने बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes