प्रदेश सरकारको पहिलो कानुन: आर्थिक कार्यबिधि विधेयक पारित - Pahilo Online

प्रदेश सरकारको पहिलो कानुन: आर्थिक कार्यबिधि विधेयक पारित

विजनेश नहुँदा संसद १० दिन स्थगित

writer

विराटनगर । प्रदेश नं. १ प्रदेशसभाले प्रदेश आर्थिक कार्यबिधि बिधेयक २०७४ सर्वसम्मत रुपमा पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बिधेयक पारित गरियो भनी गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

चैत १४ गते सरकारले संसदमा पेश गरेको बिधेयकमा ७२ घण्टाको संशोधन हाल्ने समय दिइएकोमा कसैले पनि संशोधन नहालेपछि बिधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।

यो बिधेयक पारित भएसँगै अब प्रमाणीकरणको लागि प्रदेश प्रमुख समयक्ष पेश हुनेछ । प्रदेश प्रमुखले प्रमाणित गरेपछि बिधेयक कानुन बन्नेछ ।

प्रदेश सरकार अन्र्तगतका सरकारी कोषको परिचलन, राजस्व संकलन, कोषको नियगमन तथा नियन्त्रणको लागि आवश्यक पर्ने विधेयक संसदले पारित गरेको हो । बिधेयक संसदबाट पारित भएर प्रमाणिकरण भएपछि प्रदेश सरकारलाई बजेट निर्माण गर्न र खर्च गर्ने बाटो खुल्नेछ । ११ परिच्छेद र ६४ दफा रहेको बिधेयक २५ पृष्ठमा समेटिएको छ ।

आर्थिक कार्यबिधि सम्बन्धि कानुन प्रदेश सरकारको पहिलो कानुन बनेको छ । सरकार गठन भएको डेढ महिनापछि आर्थिक कार्यबिधि बिधेयकले प्रदेश संसदमा प्रदेश पाएको हो । यसबाहेक प्रदेश संसदमा सरकारले कुनैपनि बिधेयक पेश गर्न सकेको छैन । प्रदेशका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धि बिधेयक निर्माण गर्न प्रदेश सरकारले सैद्धान्तिक सहमति दिएपनि बिधेयक तयार भइसकेको छैन ।

प्रदेश संसदमा कुनैपनि बिधेयक पेश नभएकोले संसद बैठक चैत २८ गतेसम्मका लागि सभामुख प्रदिपकुमार भण्डारीले स्थगित गर्नुभएको छ । विजनेश नभएकै कारण संसद बैठक लामो समयको लागि स्थगित भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes