मेयरलाई गोली हानेको आरोप विप्लबको पार्टीमाथि - Pahilo Online

मेयरलाई गोली हानेको आरोप विप्लबको पार्टीमाथि

writer

पहिलो अनलाइन

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई गोली हानेको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द विप्लव को पार्टीका ३ जना कार्यक्रतालाई गरेको छ।

सोमबार राति सुख्खड क्षेत्रबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

घम्भीर प्रकृतीको घटना भएकोले विस्तुत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा अन्य केहीको पनि खोजी भइरहेको जनाएको छ ।

केही दिनअघि बोक्सीको आरोपमा यवतीमाथि भएको कुटपिटलाई मिलापत्र गराएको भन्दै विप्लव माओवादीले मेयर चौधरीलाई जनकारबाही गर्ने धम्की दिएको थियो । सोमबार राति करिब सवा ८ चौधरीलाई अज्ञात समूहले घरभित्रै पसेर आक्रमण गरेको थियो । घाइते चौधरीको उपचार भइरहेको छ।

यसैबीच् चौधरीमाथि भएको आक्रमणको बिरोधमा स्थानीय र नेकपा एमालेका कार्यकर्ताले प्रदर्शन गरेका छन् । मंगलबार बिहानदेखि उनीहरुले सुखड बजार परिक्रमा गरेर प्रदर्शन जारी राखेका छन् । उनीहरुले आक्रमणकारीको तत्काल खोजी र कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनका कारण पुर्वपश्चिम राजमार्ग र सुखड भजनी सडकमा आउजाउ हुने सवारी साधन रोकिदाँ यात्रु अलपत्र परेका छन् । शान्ति सुरक्षा कायम राख्न सुखड क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes