जब युवाले भने : महानगर सुत्यो हामी जागौं - Pahilo Online

जब युवाले भने : महानगर सुत्यो हामी जागौं

बोराका बोरा फोहोर संकलन गरेर युवाहरुले पु¥याए माहानगरपालिकाको कार्यालय

writer


विराटनगर । विराटनगर माहानगरपालिका अगाडि सिटी सफारिमा टनाटन फोहोर लगेर फालिएपछि शनिबार नगरपालिका आसपासका मानिस चकित बने । दजैनौं युवाहरूको समूहले फोहोरले ग्रस्त विराटनगर भएको भन्दै माहानगरले फोहोर उठाइसकेको भनिएको स्थानबाट बोराका बोरा फोहोर संकलन गरेर त्यहाँ लगेका थिए ।

उक्त फोहोर युवाहरूले नगरपालिकाको गेटमा लगेर राखे र केहीबेर धर्ना दिए । अन्तिममा नगरपालिकाकै परिसर भित्र फोहोरको बोरा राखेर युवा फर्किए ।

तीन हप्तादेखि परिवर्तनका लागि हातेमालो नामक संस्थाले विराटनगर महानगर सरसफाइका लागि महाअभियान नामक कार्यक्रम गर्दै आएका छन् । विराटनगरमा फोहोर सरसफाइमा यसअघि दारी ग्याङले पनि अभियान चलाएको थियो ।

तर, अभियान संचालनका बेलामा माहानगर प्रमुखसहित सहभागी भएपनि नियमित फोहोर संकलनमा भने नगरपालिकाले चासो नदिएको ती युवाको भनाइ छ । नगरपालिकालाई व्यंग्य गर्दै युवाहरूले २५ बोरा भन्दा बढी फोहोर नै लगेर नगरपालिका कार्यालय अगाडि फालिदिएका थिए ।

विराटनगरको मुख्य बजार क्षेत्र मानिने शनिमन्दिरदेखि महानगरपालिकाको कार्यालय अगाडिसम्म युवाको समूहले सरसफाइ गरेको थियो । सरसफाइमा संकलन भएको फोहोर महानगरपालिका अगाडि थुपारेर युवाले १ घण्टा धर्ना पनि दिए । धर्नामा पाँच दर्जन बढी युवा सहभागी थिए । युवाहरूले धर्ना दिने क्रममा ‘महानगर त सुत्यो सुत्यो फोहोर व्यवस्थापन कस्ले गर्ने ?’, ‘घरमात्रै होइन बाहिर पनि सफा राखौं’, ‘आफू बस्ने घर सफा आफैं हिंड्ने बाटो चाहिं किन फोहोर ?’ लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

फोहोर व्यवस्थापनमा नगरपालिकाकाले उचित कदम नचालेसम्म विभिन्न कार्यक्रम गर्ने सो संस्थाका अभियान्ता सुशिल रिजालले जानकारी दिनुभयो । हातेमालो संस्थाले आउँदो वैशाखमा ७ हजार युवाहरू उतारेर वृहत विराटनगर सरसफाइ गर्ने जनाएको छ । उक्त अवसरमा हजारौं डस्बिन बाँडिने अभियान्ता विनोद परियारले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes