प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस - Pahilo Online

प्रदेश १ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस

आज विदा परेकोले नियुक्ति हुन बाँकी

writer

विराटनगर । प्रदेश नं. १ को मुख्य न्यायधिवक्तामा नेकपा एमाले निकट कानून व्यवसायी बरिष्ठ अधिवक्ता चुँडामणी आचार्य नियुक्त हुनुहुने भएको छ ।

मुख्यमन्त्री शेरधन राइले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्ता नियुक्तिको लागि बुधबार सिफारिस गर्नुभएको हो ।

बिहीबार सार्वजनिक विदा परेकोले आचार्यको नियुक्ति भने भइसकेको छैन । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रमुखको कार्यालयले महान्याधिवक्ताको सिफारिस कार्यालयमा आइनपुगेको बताएको छ ।

संभबत शुक्रबार प्रदेश प्रमुख डा.गोविन्दबहादुर तुम्बाहाङले आचार्यलाई मुख्य न्यायधिवक्ता नियुक्त गर्नुहुनेछ । उच्च अदालतका न्यायधिस सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हो ।

मुख्य न्यायधिवक्तामा सिफारिस हुनुभएका आचार्य २०७४ सालमा बरिष्ठ अधिवक्ता हुनुभएको थियो । २०४४ सालदेखि जनता ल क्याम्पसमा प्राध्यापनसमेत गर्नुभएका उहाँ २०४६ सालमा अधिवक्ता हुनुभएको हो । उहाँँ २०५७ सालमा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ बारका अध्यक्षसमेत भइसक्नु भएको छ ।

पछिल्लो प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ६ अन्तर्गतको (२) निर्वाचन क्षेत्रमा एमालेले उहाँलाई प्रदेशसभा सदस्य बनाउनका लागि सिफारिस गरेको थियो । तर, अन्तिम समयमा रमेश पोखरेलले टिकट पाउनुभएको थियो ।

मुख्य न्यायाधिवक्ताका लागि एमाले निकट कानुन व्यवसायी जगत थापा पनि दाबेदार हुनुहुन्थ्यो । तर, आचार्यले बाजी मार्नुभएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes