खानेपानी आयोजना निर्माण - Pahilo Online

खानेपानी आयोजना निर्माण

writer

पहिलो अनलाइन

धरान, २२ फागुन । एशियाली विकास बैंकको सहयोगमा सुनसरीको बराह नगरपालिका अन्तर्गत महेन्द्रनगर साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाले आफ्नो क्षेत्रका ४ हजारभन्दा बढी उपभोक्ताहरूलाई शुद्ध खाने पानी सेवा उपलब्ध गराउन थालेको छ ।

२०७२ सालमा निर्माण कार्य सुरु भएको खानेपानी टेंकीको निर्माण सम्पन्न भई संस्थाले उपभोक्ताहरुलाई शुद्ध खानेपानी उपलव्ध गराउन थालेको हो ।

कोशी नजिकै रहेको कारण महेन्द्रनगरवासीहरूले बर्षाैदेखि आगनमा गाडिएको कलको अशुद्ध पानी पिउदै आएका थिए । तर, खानेपानी आयोजनाको सम्पन्न नहुदै उपभोक्ताहरूको मागलाई मध्यनजर गरेर गाउँमा शुद्ध पानीको बितरण सुरू गरिएको सो आयोजनाका अध्यक्ष भवानी धिमालले बताउनुभयो ।

नमुना खानेपानी उपलव्ध गराउने लक्ष्य सहित एशियाली विकास बैंकको ७० प्रतिशत, स्थानीय उपभोक्ताहरुको ५ प्रतिशत र नगरविकासकोसको ऋण २५ प्रतिशत लगानी गरी आयोजना निर्माण भएको हो । आयोजनाले पहिलो चरणमा १ हजार ८ सय घरपरिवारलाई पानी वितरण गरेको छ । कुल २१ करोड ६८ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजनाको कार्य अझै जारी रहेको छ ।

शुद्ध खानेपानीबाट कोही पनि बञ्चित नहुन भन्दै अहिले प्रत्येक घरधुरीमा धारा जडानका कामहरू भइरहेको बताइएको छ । नयाँ योजना भएका खानेपानीको धारा जोड्ने क्रम जारी रहेकाले केही समयभित्र लक्ष्य अनुसार उपभोक्ताहरुले धारा जडान गरिसक्ने संस्थका अध्यक्ष धिमालले जानकारी दिनुभयो ।

सप्तकोशी नदीको आसपासमा रहेको महेन्द्रनगर क्षेत्रमा धाराबाट शुद्ध खानेपानी उपलव्ध हुन थालेपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes