अब्बासी र प्रचण्डबीच भेटवार्ता - Pahilo Online

अब्बासी र प्रचण्डबीच भेटवार्ता

writer

पहिलो अनलाइन

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

अब्बासी बस्नुभएको होटेल हायातमा आज बिहान नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा उहाँहरुबीच छलफल भएको हो ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको बताउनुभयो । करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको बताइएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिएको बताउनुभयो । सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताउनुभएको उहाँकोभ नाइ छ ।

भेटमा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा, नेताहरु नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा सहभागि हुनुहुन्थ्यो । दुई दिने नेपाल भ्रमणमा रहनुभएका आब्बासीले सोमबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरी स्वदेश फर्कने कार्यक्रम छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes