शहीद भूमिलाई तलब दिने मन्त्रीको घोषणा - Pahilo Online

शहीद भूमिलाई तलब दिने मन्त्रीको घोषणा

writer

पहिलो अनलाइन

इटहरी । एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले आफ्नो पहिलो तलब शहीद भूमिलाई अर्पण गर्ने घोषणा गर्नुभएको छ ।

शहीद सप्ताहको अन्तिम दिन सुनसरीको इटहरी १९ हाँसपोसा स्थित शहीद स्मृति उच्च माविमा आयोजित कार्यक्रममा प्रदेश मन्त्री आङ्बोले आफ्नो तलब पाँचथरको आमबोटे शहीद भूमिलाई अर्पण गर्ने घोषणा गर्नुभएको छ ।

मन्त्री आङ्बोका अनुसार शसस्त्र जनयुद्धको समयमा २०६२ भदौ १० गते पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ आङ्साराङको आमबोटेमा एकै पटक ८ जनाले शहादत प्राप्त गरेका थिए । हाल त्यहाँ शहीद प्रतिष्ठान स्थापना गरेपनि आर्थिक अभावमा ठोस योजना आगाडि बढ्न सकेको छैन । प्रदेशबासी मन्त्री आङ्बो त्यहीबाट प्रदेशसभामा बिजयी भएका थिए ।

एक नम्बर प्रदेश सरकारले प्रदेशभरीका शहीद भूमिलाई नमुना बस्तीको रुपमा विकास गर्ने पहिलो निर्णय गरेको जानकारी दिँदै मन्त्री आङ्बोले आगामी बजेटबाटै त्यो कार्यान्वयनमा जाने बताउनुभयो । शहीद प्रतिष्ठान नेपालले सञ्चालन गरेको विद्यालयलाई पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।

परिवर्तनका लागि रगत बगाउने सबै आन्दोलनका शहीदहरुलाई एक नम्बर प्रदेश सरकारले सम्मान गर्ने मन्त्री आङ्बोले जानकारी दिनुभएको छ । फागुन १४ देखि फागुनसम्म मनाइएको शहिद सप्ताहमा शहीद विद्यालयले बिभिन्न शैक्षिक कार्यक्रम आयोजना गरेको थियो । सप्ताह समापनमा जेहेन्दार तथा खेलकुदमा बिजयी हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कक्षा १२ सम्म सञ्चालन भइरहेको विद्यालयमा हाल ४ सय ५० विद्यार्थी अध्यनरत छन् । विद्यालयमा हाल सशस्त्र जनयुद्धका शहीद, घाइते, अपाङ्ग र बेपत्ता परिवारसँगै मधेश आन्दोलनका शहीद र भुकम्पपीडित परिवारका सन्तानहरु अध्ययन गरिरहेका छन् । विद्यालयमा १५ प्रतिशत स्थानीय विद्यार्थी पनि पढ्ने गर्दछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes