किन गरिन् प्रियंकाले श्रीमानकै हत्या प्रयास ! - Pahilo Online

किन गरिन् प्रियंकाले श्रीमानकै हत्या प्रयास !

प्रेमीसँगको सम्बन्ध कायम राख्न श्रीमानको हत्या योजना

writer

वीरगन्ज, १७ फागुन । संँगै जीउने र संँगै मर्ने बाचा गरेकी श्रीमतिले नै आफ्नै हत्याको योजना बनाउँलिन् भन्ने कुन श्रीमान्ले सोचेको हुन्छ होला र ? श्रीमान श्रीमतिबीच सामान्य विवाद र झगडा भएपनि त्यसलाई परालको आगो भन्ने गरिन्छ । किनकी उनीहरु जस्तो नजिकको सम्बन्ध अरु कसैको हुँदैन ।

तर, पर्साको बिरगञ्जमा भने श्रीमतिले श्रीमानको हत्याको योजना बनाएको खुलेको छ । श्रीमान विदेश गएको बेला श्रीमतिले अर्कै पुरुषसँग नाता जोडेपछि उनै प्रेमीसँग मिलेर हत्याको योजना बनाएको खुलासा भएको हो ।

होलीको पूर्वसन्ध्यामा बुधबार राति वीरगन्जको श्रीपुरस्थित भारतीय महावाणिज्य कार्यालय पछाडी ३२ वर्षीय व्यवसायी उमेशप्रसाद चौरसियामाथि गोली प्रहार भएको थियो । प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा उनकै श्रीमतीको योजनामा घटना भएको खुलेको हो ।

पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले घटना भएको ६ घण्टाभित्र उनकी श्रीमति प्रियंका चौरसियासहित संलग्न सबै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको बताउनुभयो । उहाँका अनुसार प्रयोग भएको हतियार तथा गोलीको खोकासमेत बरामद भइसकेको छ ।

पर्साको विन्दवासनी गाउँपालिका झौवागुठी घर भई वीरगन्ज– १० रानीघाट बस्दै आएका चौरासियाको ३ बर्ष अगाडि प्रियांकासंग धुमधामसाँथ बिवाह भएको थियो । विवाहभन्दा ७ बर्ष अगाडिदेखि रोजगारीको सिलसिलामा उनी दुबई बस्दै आएका थिए। विवाहपछि उनी पुनः विदेश गएपछि श्रीमतिले वीरगन्जको ओपोलो ट्रामा सेन्टरमा काम गर्ने बिकेन्द्रकुमार गुप्तासँग सम्बन्ध जोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसरी बन्यो योजना
चौरसिया केही समय अगाडि घर फर्किएका थिए । उनी फर्केर वीरगन्ज आएपछि प्रियंका र उनका प्रेमी विकेन्द्रले आफ्नो सम्बन्धमा खलल हुने ठानेर हत्याको योजना बनाएको प्रहरीको ठम्याई छ। हत्याको योजना बनाएको अभियोग उनीहरुले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

बिकेन्द्रले हत्याको योजना कार्यन्यवन गर्न पारवानीपुर घर भएका २७ बर्षे मनोज गुप्तालाई जिम्मा दिदै २५ हजार रुपैयाँ दिएका थिए । सो रकमबाट गुप्ताले ११ हजार रुपैयाँमा १२ बोरको गोली लाग्ने नलकटुवा बन्दुक किनेका थिए । त्यसपछि सुपारी लिएका मजनोजले सहयोगिको रुपमा वीरगन्ज १२ मुर्ली घर भएका मुन्ना साह कानुलाई सामेल गराए ।

चौरसिया कामको सिलसिलामा भौरहवा पुगेर फर्कन लागेको कुरा श्रीमति प्रियंकाले जानकारी दिएपछि बिकेन्द्रको ना ३४ प १०३ नम्बरको मोटरसाइकलमा चढेर मनोज र मुन्नाले गोली प्रहार गरेका थिए । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भीक उपचारपछि चौरससियालाई थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

घटनापछि घाइते चौरसियासँगै काठमाडौं गएकी श्रीमति प्रियांकालाई प्रहरीले काठमाडौं स्थित अस्पतालबाटै पक्राउ गरेको हो । घाइते चौरसियाको दाहिने कोखामा गोली लागेको छ । आन्तरिक रक्तस्राव देखिएपछि अवस्था जटिल भएको निष्कर्ष सहित थप उपचारका लागि पठाइएको चिकित्सकले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes