प्रदेश १ का मुख्यमन्त्रीको होली ‘भद्रगोल’ - Pahilo Online

प्रदेश १ का मुख्यमन्त्रीको होली ‘भद्रगोल’

प्रदेश प्रमुख र मुख्यमन्त्रीले मनाए होली

writer

विराटनगर, १७ फागुन । १ नम्बर प्रदेश प्रमुख र मुख्यमन्त्रीले छुट्टा–छुट्टै कार्यक्रम गरी होलीको अवसरमा सर्वसाधरणसँग खुसी साटासाट गरेका छन् ।

प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाङले कोशी प्रोजेक्टस्थित निवासमा प्रदेशका मन्त्री, सांसद, उच्च पदस्थ कर्मचारी, उद्योगी व्यवसायी र सर्वसाधरणसँग होलीको शुभकामना आदन प्रदान गर्नुभयो । प्रदेश प्रमुख तुम्बाङले निवासमा पुगेका पाहुनाहरुलाई सप्तरंगी अविर लगाइ दिनुभएको थियो भने उहाँले पनि आगन्तुकबाट अविर ग्रहण गर्नुभएको थियो ।

यस्तै मुख्यमन्त्री शेरधन राईले विराटनगरस्थित मारवाडी सेवा सदनमा होली विशेष कार्यक्रम आयोजना गर्नुभएको थियो । कार्यक्रममा मन्त्री, सांसद तथा अन्य व्यक्तित्वको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री राईले मेलमिलाप र सद्भावको पर्व होली भएको बताउनु भयो ।

मुख्यमन्त्री र प्रदेश प्रमुखले एकै दिन होलीको अवसरमा छुट्टा–छुट्टै कार्यक्रम गरेर संघीयताको अभ्यासको अनुभूति आम नागरिकलाई गराएको सहभागीले बताएका छन् । दुई कार्यक्रममध्ये प्रदेश प्रमुखको निवासमा आयोजित कार्यक्रम भव्य र व्यस्थित भएको थियो भने मुख्यमन्त्रीको कार्यक्रम भने अव्यवस्थित र भद्रगोल देखिएको सहभागीले बताएका छन् ।

प्रदेश प्रमुखको कार्यक्रम तोकिएको समयमा सुरु भएर सहभागीहरुले पंक्तिबद्ध रुपमा शुभकामना आदन–प्रदान गरेका थिए । मुख्यमन्त्रीको कार्यक्रम भने तोकिएको समयमा सहभागी पुगिसक्दा पनि मुख्यमन्त्री आफैं उपस्थित नहुँदा खल्लो बनेको थियो । ढिलोगरी मुख्यमन्त्री उपस्थित भएर सुरु भएको कार्यक्रम भीडभाडपूर्ण र अव्यवस्थित बनेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको कार्यक्रम अव्यवस्थि बनेकोमा मुख्यमन्त्रीको नीजि सचिवालयले पनि असन्तुष्टि जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes