सर्पको डरले ढोकाविहिन घर - Pahilo Online

सर्पको डरले ढोकाविहिन घर

writer

पहिलो अनलाइन

सर्पबाट जोगिन बलियोसँग झ्यालढोका लगाउँछन् मानिसहरु । तर भारतको उत्तरप्रदेशको एउटा गाउँमा भने सर्पकै कारण ढोका नै लगाउन नपाउने चलन छ ।

प्रतापगढको सुडेमऊ गाउँमा कैयन् दशकदेखि यही प्रथा कायम रहेको छ । यहाँ कसैले घरमा ढोका लगायो भने अपशकुन हुने उनीहरुको मान्यता छ । त्यसैले चोरी हुने या अरु कुनै डर नमानी उनीहरुले ढोका लगाउँदैनन् । नागदेवताले उनीहरुको रक्षा गर्ने गाउँवासीको विश्वास रहेको छ ।

यो गाउँ १ सय वर्षदेखि एउटा नागको श्रापमा परेको गाउँवासी बताउँछन् । एकजना गाउँवासीका अनुसार, निकै वर्ष अघि एउटा नागिन ढोकाको बीचमा च्यापिएर मरेपछि नागिनले जसले ढोका लगाउँछ, त्यो बर्बाद हुने श्राप दिएकी थिइन । त्यसैदिन देखि त्यो गाउँमा ढोका लगाउन कोही पनि चाहँदैनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes